एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित

धनुषा | जेठ ९, २०८२

एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित

धनुषा:   नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत भएको मतदानमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षका यादव विजयी भएका हुन् ।


उनले आफ्ना प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् । भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले दुई सय मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरियाको पक्षबाट उम्मेदवार बनेका थिए ।


अधिवेशनले उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापालाई चयन गरेको छ । यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो ।

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्